
काठमाडौं । फिल्म ‘इमिलिया पेरेज’ सन् २०२५ को गोल्डेन ग्लोब्स अवार्डको सर्वाधिक १० विधामा मनोनित भएको छ । सार्वजनिक मनोनयन सूचीमा यो फिल्मको वर्चस्व देखिएको छ ।
ज्याक आडियर्ड निर्देशित फिल्म लागूऔषध कार्टेलिङको कथावस्तुमा आधारित म्युजिकल ड्रामा हो । हालैको कान्स फिल्म फेस्टिभलको क्रममा नेटफ्लिक्सले यसको स्ट्रिमिङ अधिकार पनि खरिद गरिसकेको छ ।
उत्कृष्ट फिल्मको ‘म्युजिकल अर कमेडी’ विधामा फिल्म मनोनित छ । ब्राडी कोबेटेलको ‘द ब्रुटालिस्ट’ दोस्रो धेरै सात विधामा मनोनित हुने सूचीमा छ । ‘कन्क्लेभ’ ६, अनोरा ५ र सब्सटेन्स ५ विधामा मनोनित छन् ।
निर्देशक आडियार्ड, जोय साल्दाना र सेलेना गोमेज सहायक अभिनेत्री, कार्ला सोफिया गासन अभिनेत्री, पटकथा, मौलिक लगायत विधामा समेत फिल्म मनोनित छ ।
‘विक्ड’की सिन्थिया एरिभो र एरियाना ग्रान्डे पनि मनोनयनमा छन् । एन्जेलिना जोली, ह्युग ग्रान्ट, तिमोथी चालमेट, सेबास्टियन स्टेन, डेमी मूर, पामेला एन्डरसन, केट विन्सलेट र सेलेना गोमेज पनि मनोनयनमा छन् ।
कुल मिलाएर यस वर्षको गोल्डेन ग्लोब्स मनोनयनमा नेटफ्लिक्सको वर्चस्व देखिएको छ । नेटफ्लिक्स फिल्मतर्फ १३ विधा र टेलिभिजनतर्फ २३ विधा गरी ३६ विधामा मनोनित छ । ए–ट्वान्टी फोर १२ विधामा मनोनित छ । सर्चलाइट र युनिभर्सल समान ९–९ विधामा मनोनित छन् ।
८२ औं गोल्डेन ग्लोब्स ६ जनवरी २०२५ मा आयोजना हुनेछ ।
फिल्म विधाको मनोनयन सूची
उत्कृष्ट मोसन पिक्चर–ड्रामा
द ब्रुटालिस्ट (ए ट्वान्टी फोर)
अ कम्प्लिट अननोन (सर्चलाइट पिक्चर्स)
कन्क्लेभ (फोकस पिक्चर्स)
ड्युन : पार्ट २ (वार्नर ब्रोज पिक्चर्स)
निकेल ब्वायज (ओरियन पिक्चर्स)
सेप्टेम्बर ५ (प्यारामाउन्ट पिक्चर्स)
उत्कृष्ट मोसन पिक्चर–म्युजिकल ड्रामा
अनोरा (नीयन)
च्यालेन्जर्स (अमेजन स्टुडियो)
इमिलिया पेरेज (नेटफ्ल्क्सि)
अ रियल पेन (सर्चलाइट पिक्चर्स)
द सब्सटेन्स (मुबी)
विक्ड (युनिभर्सल पिक्चर्स)
सिनेम्याटिक एण्ड बक्स अफिस अचिभमेन्ट
एलियन (वाल्ट डिज्नी)
बिटलजुस बिटलजुस (वार्नर ब्रोज पिक्चर्स)
डेडपुल एण्ड वुल्भरिन (वाल्ट डिज्नी स्टुडियो)
ग्लाडिएटर २ (प्यारामाउन्ट पिक्चर्स)
इनसाइड आउट (वाल्ट डिज्नी)
ट्वीस्टर्स (युनिभर्सल पिक्चर्स)
विक्ड (युनिभर्सल पिक्चर्स)
द वाइल्ड रोबोट (युनिभर्सल पिक्चर्स)
उत्कृष्ट मोसन पिक्चर (गैरअंगे्रजी भाषा)
अल वी इम्याजिन एज लाइट (अमेरिका, फ्रान्स, भारत)
इमिलिया पेरेज (फ्रान्स)
द गर्ल विथ द निडल (पोल्याण्ड, स्वीडेन, डेनमार्क)
आईएम स्टिल हेयर (ब्राजिल)
द सिड अफ द सेक्रेड फिग (अमेरिका, जर्मनी)
भर्मिग्लियो (इटाली)
प्रतिक्रिया 4