+
+

साइबर अपराधको कसुरमा काठमाडौंको गुर्जुधाराबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १५:५८

२५ मंसिर, काठमाडौं । सम्बन्ध बिग्रिएपछि प्रेमिकाको गोप्य तस्बिर र भिडियो आफन्तलाई पठाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भइ काठमाडौं गुर्जुधारा बस्दै आएका ३१ वर्षीय रोशन भण्डारी छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आदानप्रदान भएका आफ्ना प्रेमिकाको तस्बिर र भिडियोहरू भण्डारीले आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोप छ ।

पक्राउ परेका भण्डारीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?