+
+

सुदीपभूपालको निर्देशनमा ‘श्री बुकुरो’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १६:३२

काठमाडौं । सुदीपभूपाल सिंहले सात वर्षपछि कथानक फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । सोमबार उनको आगामी निर्देशकीय फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ निर्माण घोषणा भएको छ ।

सिंह अघिल्ला दुई फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ले परिचित छन् । उनको पछिल्लो फिल्म ‘रुद्रप्रिया’ सन् २०१७ मा प्रदर्शन भएको थियो । फिल्म ‘श्री बुकुरो’ पारिवारिक कथावस्तुमा निर्माण हुने जनाइएको छ ।

टिजर पोस्टरमार्फत कथावस्तु र कलाकारलाई चिनाइएको छ । ‘फेमिली ड्रामा’ जनरामा बन्न लागेको फिल्मका कलाकारको लाइनअप पनि घोषणा छ । लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतीकराज न्यौपाने, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, रामबाबु रेग्मी लगायतका कलाकारको फिल्ममा अभिनय रहनेछ ।

फिल्म रेञ्जको ब्यानरमा बन्न लागेको ‘श्री बुकुरो’लाई सञ्जय लामा र राजेश श्रेष्ठले खिच्नेछन् । रञ्जित गजमेर र वसन्त सापकोटाको संगीत हुनेछ । छायांकन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?