२६ मंसिर, काठमाडौं । पुल्चोक क्याम्पसमा बास्केटबल महोत्सव ‘प्रथम खुला बास्केट बल प्रतियोगिता’ हुने भएको छ ।
नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसको आयोजनामा पहिलो पटक यो प्रतियोगिता हुन लागेको हो ।
पुस ५ गतेदेखि आयोजना हुने यो प्रतियोगिता देशै ठूलो भएको आयोजकको दाबी छ ।
प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी र टोलीहरूको सहभागिता रहनेछ । यसका साथैरो सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक स्टलहरू राखिनेछ ।
युवा खेलाडीलाई क्षमता प्रदर्शन गर्न प्रेरणादायी प्लेटफर्म प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेविसंघले जनाएको छ ।
प्रतिक्रिया 4