+

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न बिहानै दर्शकको घुइँचो

२०८१ मंसिर  २६ गते ९:५२ २०८१ मंसिर २६ गते ९:५२
सुदूरपश्चिम र जनकपुरको खेल हेर्न बिहानै दर्शकको घुइँचो

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेल हेर्न टीयू मैदानमा बिहानै दर्शकको उल्लेख्य उपस्थिति छ ।

अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीको खेल भएकोले बिहानै टीयू मैदान दर्शकले भरिएको हो ।

पहिलो खेलमा अपराजित हुँदै शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स विरूद्ध दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरिरहेको छ ।

यो खेल हेर्न बिहानै करिब ८ हजारभन्दा बढी दर्शक उपस्थित भइसकेका छन् । दर्शक आउने क्रम अझै जारी छ ।

 

 

एनपीएल नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय