+
+

रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै, आजै पोखरा लगिने

वीरगञ्जमा बयान सकिएपछि लामिछानेलाई बारा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो । काठम‍ाडौंबाट उनलाई पोखरा लगिनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ११:३०

२६ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमडौं ल्याएर पोखरा लगिनेछ ।

वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?