+
+

शिक्षकले राजनीति गर्न हुँदैन, निजी विद्यालयले व्यापार गर्न मिल्दैन : केदारभक्त माथेमा

निजीमा विद्यार्थी बढिरहेको र सामुदायिकको गुणस्तरीय खस्किनुको कारण राजनीति भएको केदारभक्त माथेमाले टिप्पणी गरे । उनले प्रश्न गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १२:१९

२६ मंसिर, काठमाडौं । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले शिक्षकले राजनीतिमा लाग्दै शैक्षिक गुणस्तरमा असर परेको बताएका छन् ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माथेमाले शिक्षकले राजनीति गर्न नहुने बताएका हुन् । ‘शिक्षामा राजनीति भयो । यसले विद्यालयको क्षमतामा असर गरेको छ । चुनावमा जाने हो भने शिक्षक त्यागेर जानुपर्छ’, उनले भने ।

सार्वजनिक विद्यालयका शिक्षकको तलब सेवा सुविधा भएर पनि शिक्षकको ‘पर्फमेन्स’ राम्रो नरहेको उनले बताए ।

निजीमा विद्यार्थी बढिरहेको र सामुदायिकको गुणस्तरीय खस्किनुको कारण राजनीति भएको उनले टिप्पणी गरे । संविधानमा समाजवाद उन्मुख भनिरहेको बेला निजीलाई के गर्ने भन्ने प्रश्न उनले गरे । ‘प्राइभेट स्कुललाई व्यापार गर्न दिने कि नदिने ?,’ उनले प्रश्न गरे ।

विद्यालय ट्रस्टबाट चलाउनु पर्ने धारणा उनले राखे । सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई बलियो अनाउनु पर्ने उनको भनाइ छ । विद्यालय शिक्षा विधेयकमा समितिले विज्ञसँग राय सुझाव लिइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?