
ओपन एआई कम्पनीले आफ्नो च्याट जिपिटी प्रो को सशुल्क भर्सन लञ्च गरेको छ । उक्त सब्सक्रिप्सन प्लानमा प्रयोगकर्ताले o1 LLM को पहुँच हुनेछ, जुन कम्पनीको सबैभन्दा अत्याधुनिक एआई मोडेल हो । उक्त मोडेलले कठिन तथा जटिल खालका सवालहरुलाई पनि सजिलैसँग हल गर्न सक्दछ । साथै यसले उच्च तहको तार्किक प्रश्नहरुको पनि सहज रुपमा समाधान खोज्दछ ।
च्याट जिपिटी प्रो एउटा एउटा सशुल्क सब्सक्रिप्सन सेवा हो, जसका लागि प्रयोगकर्ताले प्रतिमहिना २०० डलर शुल्क तिर्नुपर्नेछ । कम्पनीले विश्वका सबैजसो देशमा यो भर्सन उपलब्ध गराएको छ । उक्त सब्सक्रिप्सनमा OpenAI o1, o1-mini, GPT-4o तथा एडभान्स्ड भ्वाइसको पहुँच मिल्नेछ।
यस सब्सक्रिप्सनमा विशेष o1 Pro मोडको पहुँच प्राप्त हुनेछ, जसमा अत्यधिक कम्प्युटिंग क्षमता रहेको हुन्छ । सो मोडेललाई डेटा साइन्स, प्रोग्रामिंग तथा केस ल विश्लेषणका लागि तयार गरिएको हो । यो मोडेल GPT 4o भन्दा पनि धेरै शक्तिशाली हुन्छ, जसलाई अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक मोडेल मानिँदै आएको थियो ।
हुनत कम्पनीले o1 Pro मोडेल GPT 4 o मा कति अन्तर छ भन्ने कुरा त बताएको छैन । तर यी दुईबीच व्यापक अन्तर रहेको प्रष्ट छ । ओपन एआईको पछिल्लो एआई मोडेलमा सर्वाधिक तार्किक सीप रहेको छ, यसले सामान्य मोडेलभन्दा धेरै समय प्रोसेसिंगका लागि लिन्छ ।
कुनै सवालको जवाफ तयार भइरहेको बेलामा च्याट जिपिटीमा अब एउटा नयाँ प्रोग्रेस बार देखिनेछ । पछिल्लो मोडेलर्ले अन्य मोडेलको तुलनामा छिटो गरी जवाफ तयार गर्न सक्दछ । यसको मद्दतले कोडिंग, गणित तथा आलेख तयार पार्ने जस्ता कामहरु सजिलैसँग गर्न सकिनेछ ।
कम्पनीका अनुसार च्याट जिपिटी प्रो सब्सक्रिप्सन खासगरी अनुसन्धानकर्ता, इन्जिनियर तथा अन्य मानिसहरुलाई फाइदाजनक हुनेछ । यसले अपलोड गरिएका तस्वीरका लागि समेत प्रतिक्रिया सिर्जना गर्न सक्छ। यो च्याटबटलाई एउटा चराको तस्वीर देखाएर तपाईंले त्यसको बारेमा व्यापक जानकारीहरु संकलन गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4