
काठमाडौं । साउथ अभिनेत्री सामन्था रुथ प्रभुले हालै वृष, कन्या र मकर राशिका लागि सन् २०२५ कस्तो हुनेछ भन्ने बारेमा इन्स्टाग्राममा एउटा रोचक पोस्ट गरिन् । उनको यो पूर्वानुमानले करिअरको वृद्धि हुने, आर्थिक स्थिरता हुने र ‘बफादार र मायालु’ जीवनसाथीको प्रतिबद्धताबारेको नतिजा दियो ।
सामन्थाले यो पोस्टमा ‘आमेन’ शब्द उल्लेख गरिन् । उनको यो कमेन्टले यी भविष्यवाणी पूरा हुनेछन् भन्नेतर्फ उनी आशावादी छिन् भन्ने देखाउँछ । उनको यो ज्योतिषीय भविष्यवाणीले महत्वपूर्ण उपलब्धि, कतै भ्रमण हुनसक्ने, आयका धेरै स्रोत, परिवार विस्तार गर्न खोज्नेबारे पनि देखाएको छ ।
सामन्थाको पोस्ट यस्तो समयमा आएको छ, जसको केही दिनअघि उनका पूर्वपति नागा चैतन्यले अभिनेत्री शोभिता धुलिपालासँग लगनगाँठो कसेका थिए । प्रशंसकले उनको यो नयाँ सुरुवात र बफादार साझेदारीको पोस्टको उनको व्यक्तिगत जीवनसँग जोडेर हेरेका छन् । तर सामन्थाले पछिल्लो विकासक्रमबारे भने कुनै टिप्पणी गरेकी छैनन् ।
सामन्थाले त्यसपछिको इन्स्टाग्राम पोस्टमा एक मार्मिक उद्धरण पोस्ट गरेकी छिन् । उनी लेख्छिन्, ‘केही वर्षहरू जित्नका लागि हुन्छन् । केही वर्ष चरित्र निर्माणका लागि हुन्छन् ।’ उनको यो इन्स्टाग्राम स्टोरीले उनको चिन्तनशील मानसिकतालाई दर्शाउँछ । उनी यसपछि व्यक्तिगत विकास र खुसी खोज्नतर्फ अग्रसर हुने बुझ्न सकिन्छ ।
यो साताको सुरुमा सामन्थाले घरपालुवा कुकुर साशासँगको एक रहस्यमयी र कौतहुलपूर्ण पोस्ट गरेकी थिइन् । पोस्टको क्याप्सन थियो, ‘साशाको जस्तो प्रेम अरु कसैको छैन ।’ यसले उनको जनावरप्रतिको प्रेम मात्र दर्शाउँदैन, उनले प्रेममा सान्त्वना खोजिरहेको बुझ्न सकिन्छ ।
सन् २०२१ मा नागा चैतन्यबाट सार्वजनिक रूपमा अलग भएदेखि सामन्थाले आफ्नो करिअर र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्दै व्यक्तिगत जीवनलाई गोप्य राख्दै आएकी छन् । यद्यपि, उनका हालैका पोस्टले फ्यानबीच चर्चा थालेको छ ।
प्रतिक्रिया 4