+
+

माग्ने बुढा, प्रकाश सपुत र उपासनाले साइन गरे ‘माइतीघर’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते २०:१२
केदार घिमिरे ‘माग्ने बुढा’ (दायाँ)देखि निर्माता रोहित अधिकारी (बायाँ) लिखित समझदारीपछि ।

काठमाडौं । पारिवारिक कथावस्तुमा रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’मा कलाकारको शीर्ष लाइनअप तयार भएको छ । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी र बुद्धि तामाङले फिल्म साइन गरेका छन् ।

निर्माता अधिकारीले अन्य कलाकार पनि तय हुन बाँकी रहेको बताए । फिल्ममा धीरज मगर पनि जोडिने चर्चा छ तर, लिखित समझदारी भैसकेको छैन । डेब्यु निर्देशक मिलन तामाङले निर्देशन गर्न लागेको फिल्मले पारिवारिक सम्बन्ध र संवेदनाको कथा प्रस्तुत गर्नेछ ।

छायांकन फागुन वा चैतदेखि सुरु हुने तयारी छ । काठमाडौं, शैलुङ र काभ्रेमा छायांकन हुने फिल्मको यतिबेला धमाधम प्रि-प्रोडक्सन कार्य चलिरहेको छ । फिल्मलाई २०८२ सालको दशैंमा प्रदर्शन लक्ष्य राखिएको निर्माता अधिकारीले जानकारी दिए ।

रविन शेरचन र धीरज तामाङ निर्माता हुन् । इश्वर श्रेष्ठ र चन्द्रकुमार दोङ सहायक निर्माताको रुपमा छन् । अधिकारीले यसअघि गाजुल, छ माया छपक्कै र फर्की फर्की निर्माण गरिसकेका छन् । प्रचारप्रसारलाई भब्य तुल्याउने रोहितले बताए । सोही नामको अघिल्लो फिल्म ‘माइतीघर’को शीर्ष गीतलाई पनि यस फिल्ममा समावेश गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?