+
+

फूलचोकीको जङ्गलमा फसेका व्यक्तिको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते ८:५८

२७ मंसिर, काठमाडौं । ललितपुरको फूलचोकीमा हराएका एक जना व्यक्तिको उद्धार गरिएको छ ।

यही मंगलबार गोदावरी नगरपालिका-३ फुलचोकी जङगलमा भोजपुर घर भई ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने १९ वर्षीय अनुग्रह ढकाल हराएका थिए ।

उनलाई प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरी टोलीले जङ्गली झारको लहरामा अल्झिएको अवस्थामा फेला पारेको थियो । उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?