+

फेरान टोरेसको दुई गोलमा बार्सिलोना विजयी

२०८१ मंसिर  २७ गते ८:३२ २०८१ मंसिर २७ गते ८:३२
फेरान टोरेसको दुई गोलमा बार्सिलोना विजयी

२७ मंसिर, काठमाडौं । फेरान टोरेसको दुई गोल मदतमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसाय डर्टमण्डलाई ३-२ ले पराजित गरेको छ ।

डर्टमण्डको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा टोरेसले ८५औं मिनेटमा विजयी गोल गरे । त्यसअघि राफिन्हा र टोरेसलै नै गोल गर्दै बार्सिलोनालाई दुई पटक अग्रता दिलाएका थिए । डर्टमण्डका लागि सेरहेउ गुरइरासीले दुवै गोल गरे ।

जितपछि ६ खेलबाट १५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ ।

यस्तै मोहमद सालाहको गोलमा लिभरपुलले स्पानिस क्लब जिरोनालाई १-० ले हराएर लगातार छैटौं जित हात पारेको छ । च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्ने एक मात्र टिम लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा छ ।

अर्को इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब मोनाकोलाई ३-० ले पराजित गरेको छ । आर्सनलका लागि बुकायो साकाले दुई तथा काई हाभार्टले एक गोल गरे । जितपछि ६ खेलबाट १३ अंक जोडेर तेस्रो सथानमा उक्लेको छ ।

युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय