
२७ मंसिर, काठमाडौं । चार दिनमा सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिनको तुलनामा भने बिहीबार मूल्य स्थिर हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।
आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4