+
+

प्रधानसेनापतिले दिल्लीमा भेटे भारतीय स्थल सेनाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते ११:४७

२७ मंसिर, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीबीच भेट भएको छ ।

भारतको औपचारिक भ्रमणमा रहेका सेनापति सिग्देल र द्धिवेदीबीच बुधबार भेटघाट भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

यसका साथै प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव, विदेश सचिवसँग पनि छुट्टा-छुट्टै भेटघाट गरेका छन् ।

भारत भ्रमणमा रहेका सिग्देलले दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई शहीदहरुप्रति श्रद्धान्जली समेत अर्पण गरेका थिए । सो क्रममा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?