+
+

‘पुष्पा २’ ले पहिलो साता नेपालमा कमायो १६ करोड ग्रस

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १२:५७

काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ले नेपाली बक्स अफिसमा उछाल कमाइ गरेको छ । प्रदर्शनको सात दिनसम्म फिल्मले देशव्यापी १५ करोड ९० लाख रुपैयाँ ग्रस कमाएको छ ।

नेपाली वितरकले अहिलेसम्मकै महंगो मूल्यमा फिल्मलाई नेपाल ल्याएका हुन् । झण्डै ७ करोड रुपैयाँमा खरिद गरिएको वितरण अधिकारको लगानी सुनिश्चित गर्न फिल्मले २२ करोड ग्रस कमाउनुपर्छ ।

सात दिनसम्मको हिसाबअनुसार वितरकले ५ करोड २० लाख हाराहारीमा सेयर पाउँछन् । ए–एट, डीसीएन र आरआरले मिलेर सुकुमार निर्देशित फिल्मलाई नेपाल ल्याएका हुन् ।

विश्वव्यापी कमाइ हजार करोड बढी

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले विश्वव्यापी एक हजार करोड भारुभन्दा बढी कलेक्सन गरेको छ । कमाइको गति अझै कायम छ । दोस्रो सप्ताहन्तमा पनि फिल्मको कमाइ केही बढ्न सक्ने अनुमान छ ।

सात दिनसम्म फिल्मले भारतभर ६८७ करोड भारु नेट कमाइ गरेको छ । तेलुगु संस्करणमा मात्र कमाइ २३२.७५ करोड र तमिलमा ३९ करोड भारु कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?