+

चितवनबाट खेल्न यूएईका बासिल हामिद नेपाल आइपुगे

२०८१ मंसिर  २७ गते १८:१७ २०८१ मंसिर २७ गते १८:१७
चितवनबाट खेल्न यूएईका बासिल हामिद नेपाल आइपुगे

२७ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजबाट खेल्न बासिल हामिद नेपाल आइपुगेका छन् ।

हामिद बिहीबार साँझ नेपाल आइपुगेका हुन् । उनलाई टिमका अफिसियलहरूले‍ विमानस्थलमा स्वागत गरेका थिए ।

३२ वर्षीय हामिदले यूएईका लागि ४८ ओडिआई खेल्दा १ हजार भन्दा बढी रन बनाएका छन् भने ४३ विकेट पनि लिएका छन् ।

त्यसैगरी टी२०आईमा ६१ खेलमा ७८१ रन बनाएका उनले ३८ विकेट लिएका छन् । सबैखाले टी२०मा ७० खेलमा ८५८ रन बनाएका छन् ।

उनले इन्टरनेशनल लिग टी२०मा एमआई इमरिरेट्स तथा टी१० लिगमा मोरिसभेल साम्प आर्मीबाट खेलेका छन् ।

हामिद चितवनले अनुबन्ध गरेको छैटौं विदेशी खेलाडी हुन् । यसअघि चितवनले इंग्ल्याण्डका लुक बेनकेन्सटाइन र रवि बोपारा, पाकिस्तानका सोहेल तनविर, अफगानिस्तानका हसन एइसाखिल, नामिबियाका जान निकोल लफ्टी इटनलाई अनुबन्ध गरेको थियो ।

बासिल हामिद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय