+
+

प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपतिद्वारा मानार्थ महारथी प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १९:१०

२७ मंसिर, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छिन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देललाई बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उक्त दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

नेपाल–भारतबीचको देशबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुव दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा छ ।

गत ६ मंसिरमा भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आउँदा पनि राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथी प्रदान गरेका थिए ।

त्यस्तै, प्रधानसेनापति सिग्देलले आजै भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?