+
+

संसदीय समितिलाई स्काउटको पत्र : खड्का ल्यान्डले ५ करोड बढी भाडा तिर्न बाँकी छ

स्काउटले बिहीबार संसदीय समितिलाई लेखेको जवाफी पत्रमा खड्का ल्यान्डले घर तथा जग्गा भाडाबापतको बक्यौता ५ करोड १९ लाख २७ हजार ८ सय ५१ रुपैयाँ रहेको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते २२:०५

२५ मंसिर, काठमाडौं । नेपाल स्काउटले खड्का ल्यान्ड डेभलेपमेन्ट प्रालिसँगको घर तथा जग्गा भाडा सम्बन्धी बाँकी बक्यौता विवरण संसदीय समितिलाई उपलब्ध गराएको छ ।

यसअघि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले स्काउटसँग भाडाको विषयमा जवाफ मागेको थियो ।

सोही आधारमा बिहीबार स्काउटले जवाफी पत्र पठाएको हो । जसमा खड्का ल्यान्डको बक्यौता  ५ करोड १९ लाख २७ हजार ८ सय ५१ रुपैयाँ बक्यौता रहेको उल्लेख छ ।

स्काउटले १४ माघ २०८० सालमा राज्य व्यवस्था समितिमा उजुरी दर्ता गरेको थियो । उजुरी दर्ता भएको १० महिनापछि गत सोमबार सांसदहरूलाई वितरण गरिएको थियो ।

हेर्नुहोस् पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?