+
+

रोहटो मेन्थोलाटम नेपालको ‘कार बोनान्जा’ विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते २०:२०

काठमाडौं । रोहटो मेन्थोलाटम नेपाल, भाटभटेनी सुपरस्टोर र टाटा मोटर्सको संयुक्त प्रयासमा आयोजित ‘कार बोनान्जा’ अभियानको विजेता घोषणा भएको छ ।

बिहीबार टंगालस्थित भाटभटेनी सुपरस्टोरमा कार्यक्रममा ललितपुरकी मियाप्मा राई उक्त अभियानको विजेता बनेको घोषणा गरियो । राईले टाटा टियागो ईभी कार प्राप्त गरिन् ।

१५ जुनमा सुरु भएर १५ नोभेम्बरमा सकिएको यो अभियानको उद्देश्य ग्राहकको विश्वास र उत्साहलाई पुरस्कृत गर्नु रहेको आयोजकले जनाएको छ । देशभरिका २७ वटा भाटभटेनी सुपरस्टोरबाट कुनै पनि रोहटो उत्पादन खरिद गर्नेलाई वातावरणमैत्री टाटा टियागो ईभी कार जित्ने कुपन दिइएको थियो । अभियान अवधिभरि ५० हजारभन्दा बढी कुपन वितरण गरिएको थियो ।

पुरस्कार विजेता घोषणा कार्यक्रममा रोहतो मेन्थोलाटम नेपालका अध्यक्ष हिरोफुमी शिरामात्सु, भाटभटेनी सुपरस्टोर अध्यक्ष मीनबहादुर गुरुङ, रोहटो मेन्थोलाटम नेपालका प्रबन्ध निर्देशक ट्रान डाङ बिच थाओ, निर्देशक ताकानोरी कवाई र ब्रान्ड एम्बेसडर प्रशंसा रायमाझी लगायत साझेदार ब्रान्डका प्रतिनिधि, ग्राहक लगायत उपस्थित थिए ।

रोहटो मेन्थोलाटम नेपाल, भाटभटेनी सुपरस्टोर र टाटा मोटर्सले ग्राहकलाई नवीन अभियान र वातावरणमैत्री विकल्प प्रदान गर्न प्रतिबद्ध रहेको जनाएका छन् । कार बोनान्जा अभियानको सफलताले ग्राहक सन्तुष्टि र दिगो विकासप्रतिको प्रतिबद्धता थप बलियो बनाएको भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?