+
+
एनपीएल :

कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १०:३१

२८ मंसिर, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

बलिङमा लुम्बिनीका लागि एनपीलएका डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए । एनपीएलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिएका हुन् ।

एनपीएल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?