+
+

सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १३:०४

२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको एक कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा ३२ मा निर्माणजन्य सामग्री थुपारेको भन्दै पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो । निर्माणजन्य सामग्री राखी पेटीको टायलमा क्षति पुर्‍याएको पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिमाथि आरोप छ ।

यसैगरी जथाभावी फोहोर फ्याल्ने दानकाजी श्रेष्ठलाई पनि महानगरले नगद जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका १६ निवासी श्रेष्ठ १० हजार रुपैयाँ जरिवानामा परेका छन् ।

काठमाडौं महानगरपालिकामा जथाभावी फोहोर फ्याल्ने, सडकमा निर्माण सामग्री थुपार्ने, फुटपाथमा पसल राख्ने र जथाभावी पार्किङ गर्न निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?