+
+

जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १४:११

२८ मंसिर, काठमाडौं २८, मंसिर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबारसम्म चल्ने बताइएको छ ।

बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टी नेतृत्वको भूमिकाबारे छलफल हुने प्रचार विभागले जनाएको छ । त्यस्तै, ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा पनि बैठकमा हुने बताइएको छ ।

यसका साथै पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?