+

जनकपुरको लक्ष्य शीर्ष दुई, चितवनलाई जित्नैपर्ने दबाब

२०८१ मंसिर  २९ गते ७:५१ २०८१ मंसिर २९ गते ७:५१
जनकपुरको लक्ष्य शीर्ष दुई, चितवनलाई जित्नैपर्ने दबाब

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

चितवन कुशल मल्लको कप्तानीमा छ भने जनकपुर अनिल शाहको कप्तानीमा खेल्दैछ । चितवन शुक्रबार भएको खेलमा विराटनगरसँग पराजित भएको थियो भने जनकपुरले काठमाण्डुलाई हराएको थियो ।

जनकपुरले प्लेअफ खेल्ने समेत पक्का भइसकेको छ । अब जनकपुरको लक्ष्य भनेको शीर्ष २ मा पर्दै क्‍वालिफायर खेल्ने हुनेछ । यता चितवन भने शुक्रबारको हारपछि जित्नैपर्ने दबाबमा छ ।

जनकपुरले चितवनलाई हराएमा जनकपुरको शीर्ष २ पक्का हुनेछ भने चितवनले अन्य खेलको नतिजा कुर्नुपर्ने छ । त्यसैगरी चितवनले जितेमा भने जनकपुर १० अंकमै सीमित रहनेछ भने चितवनको प्लेअफ सम्भावना बलियो रहन्छ ।

लगातार चार जितका साथ बलियो देखिएको जनकपुरले बुधबार पाँचौं खेलमा नमीठो हार व्यहोरेपछि छैटौं खेलमा काठमाण्डुविरुद्ध जित हात पारेको थियो ।

प्रतियोगितामा जनकपुरको ब्याटिङ र बलिङ दुवै शानदार चलिरहँदा बुधबारको खेलमा भने ब्याटिङ चल्न सकेको थिएन । पछिल्ला तीन खेलमा जनकपुरको ब्याटिङ एक्सपोज भएको छ ।

यता चितवनका लागि विदेशी खेलाडी रवि बोपाराले ब्याटिङमा तथा सोहेल तनविरले बलिङमा राम्रो गरेको भएपनि पछिल्ला खेलमा भने सोचेअनुरूप भएको छैन । चितवनको ब्याटिङ विदेशी खेलाडीमा निर्भर रहेको देखिएको छ ।

नेपाली बलरहरूमा रिजन ढकालले पेस बलिङमा तथा कप्तान कुशल मल्ल र रन्जित कुमारले स्पीन राम्रो गरिरहेका छन् । नयाँ अनुबन्धित खेलाडी बासिद हामिदले पनि १ विकेट भने लिएका छन् ।

चितवनलाई जित निकाल्नको लागि राम्रो ओपनिङ चाहिनेछ भने टप अर्डर ब्याटरहरूबाट पनि राम्रो योगदान हुनु जरूरी छ ।

खेल : चितवन राइनोज र जनकपुर बोल्ट्स

मिति र समय : २९ मंसिर, दिउँसो १ बजे

चितवन राइनोज सम्भावित ११ : बासिल हामिद, विपिन रावल, कुशल मल्ल, हसन एइसाखिल, रवि बोपारा, सन्तोष कार्की, अमरसिंह राउटेला, दीपक बोहरा, सोहेल तनविर, रिजन ढकाल, रन्जित कुमार

जनकपुर बोल्ट्स सम्भावित ११ : अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, अरनिको यादव, जिमी नीशम, जोसुआ ट्रोम्प, शेर मल्ल, ललित राजवंशी, किशोर महतो, शुभ कंसाकार

एनपीएल एनपीएल प्रिभ्यू

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय