+

काभा नेसन्स कप आयोजना गर्न काभा र बेसलाइनबीच सम्झौता

२०८१ मंसिर  २९ गते ८:३१ २०८१ मंसिर २९ गते ८:३१
काभा नेसन्स कप आयोजना गर्न काभा र बेसलाइनबीच सम्झौता

२८ मंसिर, काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) र बेसलाइन भेन्चर्सबीच काभा नेसन्स कप आयोजना गर्न सम्झौता भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच काभाका अध्यक्ष मोहमद लतिफ र बेसलाइनका सह-संस्थापक तुहिन मिश्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल भलिबल संघका उपाध्यक्ष भिम ओलीका अनुसार काभा र बेसलाइनबीच १० वर्षका लागि सम्झौता भएको छ।

भारतको प्राइम भलिबल लिगको आयोजक रहेको बेसलाइनले काभा नेसन्स कपको पहिलो संस्करण २०२५ मा भारतमा गर्ने घोषणा गरेको भिम ओलीले जनाएका छन् ।

सम्झौतापछि काभाका अध्यक्ष लतिफले प्राइम भलिबल लिग जस्तो प्रतियोगिता आयोजना गरिसकेको बेसलाइनसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । बेसलाइनमा सह-संस्थापक तुहिन मिश्रले पनि काभा नेसन्स कपका लागि काभासँग सहार्का गर्न पाउँदा खुशी लागेको र यो सेन्ट्रल एसिया गेम चेन्जर भलिबल प्रतियोगिता हुने बताए ।

काभा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय