
२९ मंसिर, काठमाडौं ।आज पनि तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ ।सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ ।
आइतबार पनि मौसम सफा नै रहनेछ ।
पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4