+

भारतका आकर्षित गोमेलले पोखराबाट खेल्ने

२०८१ मंसिर  २९ गते ७:०७ २०८१ मंसिर २९ गते ७:०७
भारतका आकर्षित गोमेलले पोखराबाट खेल्ने

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले भारतीय क्रिकेटर आकर्षित गोमेललाई भित्र्याएको छ ।

लिग चरणका २ खेल खेल्न बाँकी पोखराले भारतका अलराउन्डर गोमेललाई टीममा अनुबन्ध गरेको हो । पोखरा एभेन्जर्स का सदस्य कर्ण थापाले उनलाई स्वागत गरेका हुन।

नेदरल्यान्ड्सका बास डे लिडे घाइते भएर बाहिरिएसँगै ३१ वर्षीय गोमेललाई भित्र्याएको हो।

गोमेलले मुम्बईबाट भारतको घरेलु एक दिवसीय क्रिकेट विजय हजारे ट्रफी खेल्दै आएका छन् । उनी ओपनिङ ब्याटर हुन् ।

आकर्षित गोमेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय