+
+

कागेश्वरीमा आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते

शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १९:४४

२९ मंसिर, काठमाडौँ। काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् ।

शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए।

एसपी अधिकारीका अनुसार उनी बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् ।

घाइते भएकी उनलाई  प्रहरीको टोलीले उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्‍याएको छ ।

थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?