+

पाकिस्तानका तीव्र बलर मोहम्मद आमिरद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२०८१ मंसिर  २९ गते १३:५९ २०८१ मंसिर २९ गते १३:५९

तीव्र बलर मोहम्मद आमिरले भनेका छन्, ‘मैले धेरै सोचविचार गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय गरेको छु । यस्तो निर्णय कहिल्यै सजिलो हुँदैन ।’

पाकिस्तानका तीव्र बलर मोहम्मद आमिरद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२९ मंसिर, काठमाडौं। पाकिस्तानको राष्ट्रिय टिमका तीव्र बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

धेरै सोचेर आफूले सन्यासको घोषणा गरेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मैले धेरै सोचविचार गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय गरेको छु । यस्तो निर्णय कहिल्यै सजिलो हुँदैन ।’

‘आगामी पिढीका लागि कमाण्ड सम्हाल्ने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा लैजाने सही समय हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान रह्यो र सधैं रहने छ ।’

उनले पाकिस्तान त्रिकेट बोर्ड, आफ्नो परिवारका सदस्य, साथीभाइ र समर्थकहरुलाई धन्यवाद दिएका छन् ।

मोहम्मद आमिरले यसअघि पनि सन्यासको घोषणा गरेका थिए । उनले पछि फिर्ता लिएर पाकिस्तानका लागि टी–२० विश्वकप खेलेका थिए ।

क्रिकेट तीव्र बलर पाकिस्तान मोहम्मद आमिर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय