+
+

नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्माको अग्रता कायमै

उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमती र प्रतिष्ठान प्रदेशको मतगणना सकिएको छ । निर्वाचन समितिका अनुसार कर्णाली, सुदूरपश्चिम, मधेश र एशोसिएट प्रदेशको केन्द्रीय पदाधिकारीका लागि खसेको मतगणना जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १५:००

२९ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता कायम गरेकी छन् । ६ प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम गरेकी हुन् ।

उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मत गणना सकिएको छ ।

सार्वजनिक परिणाम अनुसार शर्माले ३ हजार ९२ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार २७४ मत प्राप्त गरेका छन् । यद्यपि, केन्द्रीय निर्वाचन समितिले मत परिणाम एकैपटक दिने भनेको छ । प्रदेशगत रुपमा प्राप्त मत गन्दा शर्माले आठ सय बढी मतले अग्रता कायम राखेकी छन् ।

निर्वाचन समितिका अनुसार कर्णाली, सुदूरपश्चिम, मधेश र एशोसिएट प्रदेशको केन्द्रीय पदाधिकारीका लागि खसेको मतगणना जारी छ ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।

महासंघको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं प्रतिस्पर्धामा छन् ।

उपाध्यक्ष महिलामा शर्मा प्यानलबाट नितु पण्डित र विष्ट प्यानलबाट गंगा पौडेल उम्मेदवार छन् । समावेशी उपाध्यक्षमा शर्मा प्यानलबाट उमिदप्रसाद बागचन्द र विष्ट प्यानलबाट सुभाषप्रसाद साहले प्रतिस्पर्धा गरिरहेका छन् ।

महासचिवमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैशी उम्मेदवार छन् ।

कोषाध्यक्षमा विष्ट प्यानलबाट रामकृष्ण अधिकारी र शर्मा प्यानलबाट रामकृष्ण ज्ञवालीको प्रतिस्पर्धा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?