+
+

एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुको कार्यविभाजन आइतबार

नेकपा एकीकृत समाजवादीले पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन आइतबार गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १७:२०

२९ मंसिर, काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन आइतबार गर्ने भएको छ ।

आज बसेको स्थायी कमिटीको बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनमा छलफल भएको थियो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘छलफल भोलि (आइतबार)सम्म चल्नेछ । कार्यविभाजनको काम भोलि हुनेछ ।’

आजको बैठकमा जगन्नाथ खतिवडासहित जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साहले धारणा राखेका थिए ।

कार्ययोजना र कार्यविभाजन टुंगो लगाएर बैठक आइतवार सम्पन्न गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?