+
+

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा जित नजिक

नेपाल पत्रकार महासंघले सात दशकको इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउने सम्भावना बलियो भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १९:५१

२९ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा जित नजिक पुगेकी छन् ।

शनिबार बेलुकी ७ बजेसम्मको गणनामा शर्मा एक हजारभन्दा बढी मतले अगाडि छिन् । उनले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत प्राप्त गरेका छन् ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । विष्ट भने प्रेस युनियनको विद्रोही हुन् । उनलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थन थियो ।

महासचिवमा रामप्रसाद दाहाल पनि जित नजिक पुगेका छन् ।

कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीबाहेक पदाधिकारीका अन्य सबै पदमा शर्मा प्यानलका उम्मेदवारहरु अगाडि छन् ।

महासंघको अध्यक्षमा शर्मा, विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार थिए ।

हालसम्म उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मतगणना सकिएको छ । यो समाचार तयार पार्दासम्म केही जिल्लाको मात्र मतगणना जारी छ ।

केन्द्रीय निर्वाचन समितिले सबै मतपरिणाम आइतबार एकैपटक सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?