
२९ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै काठमान्डु गुर्खाजले प्लेअफमा सम्भावना बलियो बनाएको छ ।
टीयू क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा दुवै टिम जसरी पनि जितेर आगामी यात्रा सहज बनाउने लक्ष्यमा थिए । जसमा पोखरालाई ६ विकेटले पराजित गर्दै काठमान्डुले बाजी मार्यो ।
एक त शनिबार र त्यसमाथि ‘गर या मर’को स्थितिमा रहेका २ फ्रेन्चाइज टिमबीचको खेल भएकाले बिहानैदेखि रंगशालामा दर्शकको ओइरो लागेको थियो । र यो खेलको मुख्य आर्कर्षण थिए ब्रायन लारा जो वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर हुन् ।
एनपीएलको शनिबारको खेल हेर्न उनी कीर्तिपुर मैदानमै पुगेर चारैतिर घुमेका थिए ।
टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको काठमान्डुले आफूले पाएको १३९ रनको लक्ष्य १४.१ ओभरमै भेट्टाएको थियो ।
तस्वीरहरु : विकास श्रेष्ठ,चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4