+
+

२३६ जना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते २०:५१

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई सय ३६ जना परम्परागत बाजा गुरूहरूलाई जनही रू ३० हजारसहित सम्मान गरेको छ । ३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरूहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित गृरूहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु-धिमे गुरू र ५४ जना दाफा खिं गुरू छन् । गुंलाबाजं व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिस भएका २५ टोलका एक-एकजना गुरू, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक-एकजना नायःखिं बाजं गुरू, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस हुनुभएका १५ जना गुरू छन् ।

केन्द्रीय मानन्धर सङ्घबाट सिफारिस भएका तीन टोलका तीनजना र विभिन्न सङ्घसंस्थाहरूबाट सिफारिस भएका सातजना बाजा गुरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा उपप्रमुख डङ्गोलले, परम्परागत वादनमा किशोरी र युवतीको संख्या बढ्दै गएको बताइन् । “वादनसँगै सांस्कृतिक क्रियाकलापमा महिलाको उपस्थिति स्वीकार गरिएको छ । यसबाट जात्रापर्वहरू लैङ्गिकमैत्री बन्दै गएका छन्’ उनले भनिन्, ‘परम्परागत वाद्य गुरूहरूको यसमा ठूलो भूमिका छ । महिलाहरूलाई प्रोत्साहन गर्न गुरूहरूले नानीहरू, किशोरीहरू र महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ ।”

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाजा गुरूहरूको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । “वादन संस्कार बचाउन नेवार समुदायका धेरै व्यक्तिले रोजगारीमा जान पाएका छैनन् । गएकाहरूले पनि पेसालाई नियमित गर्न सकेका छैनन् । यो अवस्थालाई बुझ्न सकिएन भने संस्कार बचाउन सकिँदैन भन्ने महसुस गरेर बाजा गुरूहरूको सम्मान कार्यक्रम थालिएको हो,” समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने ।

कार्यक्रममा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । विजेताहरूलाई क्रमशः रू ६ हजार, पाँच हजार र चार हजार नगदसहित पुरस्कृत गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?