+

डिफेण्डिङ च्याम्पियन एनआरटीलाई इलाम गोल्डकपको उपाधि

२०८१ मंसिर  २९ गते १९:४५ २०८१ मंसिर २९ गते १९:४५
डिफेण्डिङ च्याम्पियन एनआरटीलाई इलाम गोल्डकपको उपाधि

२९ मंसिर, इलाम। अञ्जन बिष्ट प्रेरित डिफेण्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी)ले दोश्रो संस्करणको इलाम गोल्डकपको उपाधि जितेको छ। लिग च्याम्पियन चर्च ब्वाइज फूटबल क्लब काठमाडौंलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि रक्षा गरेको हो ।

यो सँगै एनआरटीले ४४औं संस्करणको शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइजसँग ब्यहोरेको हारको बदला इलाम गोल्डकपबाट फर्काएको छ । आफ्नै पूर्वक्लब विरुद्ध २ गोल गरि अन्जान विष्टले प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने ।

पहिलो हाफमा २५ औं मिनेटमा अञ्जन बिष्टको पासमा नेमारले डिबक्स क्षेत्रबाट हेड मार्फत गोल गर्दै एनआरटीले खेलमा अग्रता बढाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको चर्च ब्वाइजले दोश्रो हाफमा २ गोल खान पुग्यो ।

खेलको ५७ औं मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले एनआरटीका अञ्जन बिष्टलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि एनआरटीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई अञ्जन बिष्टले सदुपयोग गर्दै गरेपछि एनबरटीले अग्रता दोब्बर पार्‍यो ।

आक्रामक खेल प्रस्तुत गरेको चर्च ब्वाइजले खेलमा पटक पटक फर्कने प्रयास गरेपनि असफल बन्यो । चर्च ब्वाइजलाई लगातार दबाबमा राखेका एनबरटीका लागि अन्जनले ६४ औं मिनेटमा शिशिर लेखीको पासमा उत्कृष्ट गोल गर्दै ३–० को अग्रता दिलाए ।

फाइनल खेलमा दुई गोल गरेका एनआरटीका अञ्जन बिष्ट प्लेअर अफ दि म्याच घोषित भए ।

एनआरटीले जिटिए ११ दार्जिलिङ भारत र रेडस्टार झापालाई हराएर फाइनल प्रवेश गरेको थियो भने चर्च ब्वाइजले त्रिभुवन आर्मी र आयोजकलाई हराएर फाइनलको यात्रा तय गरेको थियो ।

च्याम्पियन एनआरटीले नगद १० लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता चर्च ब्वाइजले ५ लाख प्राप्त गर्‍यो । विजेता तथा उपविजेता टिमलाइलाई इलाम नगरपालिकाका मेयर केदार थापा सहितले पुरस्कार प्रदान गरे ।

विधागत पुरस्कारमा पनि एनआरटी हाबी भएको छ । जसमा ३ गोल गरेका अन्जन विष्ट सर्वाधिक गोलकर्ता बने ।  यस्तै बेष्ट गोलकिपर विशाल सुनार, बेष्ट डिफेन्स आशिष गुरुङ, बेष्ट कोच जीवन सिन्केमान घोषित भए ।

यस्तै बेष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उदीयमान खेलाडी आयोजक रेडहर्षका अर्जुन गुरुङ घोषित भए । उनीहरुले जनही ११ हजार ५ सय प्राप्त गरे । यसैगरी प्रतियोगिताभरकै उत्कृष्ट खेलाडी पनि एनआरटिकै अञ्जन बिष्ट घोषित भए । उनले ३५ हजार रुपैंयाँ प्राप्त गरे ।

मंसिर २२ गतेबाट सुरु भएको गोल्डकपमा नेपाल र भारतका आठवटा फूटबल क्लबले सहभागिता जनाएको थियो ।

प्रथम रेडहर्ष पत्रकारिता पुरस्कार युवा पत्रकार घिमिरेलाई

रेडहर्ष फूटबल क्लब इलामले इलामका युवा पत्रकार गणेश घिमिरेलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । इलाममा सम्पन्न इलाम गोल्डकपको फाइनलको समापनमा क्लबले पत्रकार घिमिरेलाई प्रथम रेडहर्ष पत्रकारीता पुरस्कारबाट पुरस्कृत एवं सम्मान गरेको हो ।

क्लब स्थापना कालदेखि इलामको खेल पर्यटनलाई सुचना सञ्चारको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै क्लबले पत्रकार घिमिरेलाई नगद ११ हजार ५ सय रुपैंयाँ सहित सम्मान गरेको हो । पत्रकार घिमिरे स्थानीय रेडियो नेपालबाणी एफएएमका समाचार सम्पादक हुन् ।

इलाम गोल्डकप एनआरटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय