+

हेल्प नेपाललाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन

२०८१ मंसिर  २९ गते २१:४९ २०८१ मंसिर २९ गते २१:४९
हेल्प नेपाललाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन

२९ मंसिर, काठमाडौं । भारतको क्यालिकट हिरोजले पहिलो पटक आयोजना भएको काभा मेन्स भलिबल क्लब च्यमाम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै क्यालिकट हिरोज च्याम्पियन बनेको हो । केरलाको क्लब क्यालिकटले हेल्प नेपाललाई २५-२१, २४-२६,२५-१४, २५-१७ को सेटमा पराजित गर्यो ।

लिग चरणमा पहिलो खेलमै हेल्प नेपालले रोमाञ्चक खेलमा क्यालिकट हिरोजलाई ३-२ ले हराएको थियो । तर फाइनलमा भने क्यालिकट बलियो देखियो र फाइनल जित्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लियो । सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसी र क्यालिकटले इरानको यू-१८ जुनियर टिमलाई पराजित गरेको थियो ।

यही डिसम्बर  ७ देखि काठमाडौंमा सुरू भएको प्रतियोगितामा नेपालका हेल्प नेपाल र गण्डकी प्रदेश गरी दुई क्लबसहित चार देशको पाँच टिमको सहभागिता थियो ।

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप क्यालिकट हिरोज नेपाल भलिबल हेल्प नेपाल स्पोर्ट्स क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय