+

एनपीएलमा आज दुई खेल : सुदूरको नजर शीर्ष दुई, काठमान्डुलाई ठूलो जित आवश्यक

२०८१ मंसिर  ३० गते ७:०० २०८१ मंसिर ३० गते ७:००
एनपीएलमा आज दुई खेल : सुदूरको नजर शीर्ष दुई, काठमान्डुलाई ठूलो जित आवश्यक

३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि लिग चरणका दुई खेल हुनेछन् । लिग चरणको यो अन्तिम ‘डबल हेडर डे’ हो । यसपछि सोमबार लिग चरणको अन्तिम खेल हुनेछ ।

आज पहिलो खेल काठमान्डु गुर्खाज र विराटनगर किंग्स तथा सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

सुदूरपश्चिम बाहेक बाँकी तीन टिमको लिग चरणमा आफ्नो अन्तिम खेल खेल्दैछन् । विराटनगर र पोखरा एभेन्जर्स प्लेअफ होडबाट बाहिरिसकेका छन् । त्यसैले उनीहरुका लागि आजको खेल औपचारिकता मात्र हुनेछ ।

काठमान्डुलाई जित आवश्यक

आजको पहिलो खेल काठमान्डु गुर्खाज र विराटनगर किंग्सबीच बिहान ९ बजे सुरु हुनेछ । काठमान्डु गुर्खाजका लागि प्लेअफ होड कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ ।

६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डुले प्लेअफ पुग्न आफ्नो अन्तिम खेलमा विराटनगरलाई जितेर मात्र पुग्दैन । आवश्यक अन्तरमा जित्नुपर्नेछ ।

प्लेअफ होडमा रहेका चार टिम मध्ये सबैभन्दा कठिन अवस्थामा छ काठमान्डु गुर्खाज । त्यसैले आज काठमान्डु फराकिलो जितको खोजीमा हुनेछ ।

काठमान्डुको शीर्ष चारमा रहेर प्लेअफ पुग्नका लागि सबैभन्दा रियालिस्टक चान्स भनेको विराटनगरलाई ठूलो अन्तरमा हराउने र कर्णाली पनि अन्तिम खेलमा सुदूरपश्चिमसँग ठूलो अन्तरमा हार्नुपर्नेछ । जसले गर्दा कर्णालीको नेटरनरेट घटोस् ।

काठमान्डुले चितवन राइनोजलाई लिगमा पछि पार्नका लागि विराटनगरलाई १४२ रनले पराजित गर्नुपर्नेछ (यदी पहिले ब्याटिङ गर्दै २०० रन बनाएमा)

खेल : विराटनगर किंग्स भर्सेस् काठमाण्डु गुर्खाज

मिति र समय : ३० मंसिर, विहान ९ बजे

विराटनगर किंग्स सम्भावित ११ : मार्टिन गप्टिल/आकिब इलियास, लोकेश बम, निकोलस किर्टोन, स्कट एडवार्ड्स, राजेश पुलामी, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछाने, सुवास भण्डारी, 

काठमाण्डु गुर्खाज सम्भावित ११ :  स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, राजु रिजाल, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, नाथन सोटर

सुदूरको नजर शीर्ष दुई

सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्वपूर्ण हुनेछ । सुदूर र पोखरा एभेन्जर्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सुदूरको अझै दुई खेल बाँकी रहेकोले आजको खेल हारेपनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ । सुदूरले अन्तिम खेल सोमबार कर्णाली याक्ससँग खेल्नेछ ।

यदि आजको पहिलो खेलमा काठमान्डु विराटनगरसँग हारेमा सुदूर दुई खेल बाँकी हुँदै प्लेअफमा पुग्नेछ ।

५ खेल खेलेको सुदूरपश्चिम ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । नेटरेनरेट धेरै राम्रो रहेकोले सुदूरको लागि थोरै अन्तरको हारले पनि असर गर्ने छैन । आजको खेल जितेमा सुदूरको शीर्ष दुईको यात्रा करिब पक्कापक्की हुनेछ । ७ खेल खेलिसकेको जनकपुर १० अंक जोडेर शीर्ष स्थानमा छ ।

आजको खेल र अन्तिम खेलमा कर्णालीसँग पराजित भएमा मात्र सुदूरपश्चिम शीर्ष दुईमा पर्नबाट बन्चित हुनेछ । यद्यपी दुवै खेलमा थोरै अन्तरको हारले पनि सुदूर शीर्ष चारमा रहेर प्लेअफ पुग्न सक्नेछ ।

पोखरा एभेन्जर्सका लागि पनि अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । ६ खेल खेल्दा २ खेल मात्र जितेको पोखराले ४ खेल हारेको थियो । अन्तिम खेल जित्दै पोखरा सुखद रुपमा लिग सकाउन चाहन्छ ।

खेल : सुदूरपश्चिम रोएल्स भर्सेस् पोखरा एभेन्जर्स

मिति र समय : ३० मंसिर, दिउँसो १ बजे

पोखरा एभेन्जर्स सम्भावित ११ : आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, दिलिप नाथ, आकर्षित गोमेल, माइकल लिस्क, नारायण जोशी, विपिन खत्री, सागर ढकाल, आकाश चन्द

सुदूरपश्चिम रोएल्स सम्भावित ११ : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, स्कट कुगेलेइन, नरेन साउद, हर्मीत सिंह, अविनाश बोहरा

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय