+

संगिना वैद्यलाई काठमाडौं महानगरको सम्मान

२०८१ मंसिर  २९ गते २३:४४ २०८१ मंसिर २९ गते २३:४४
संगिना वैद्यलाई काठमाडौं महानगरको सम्मान

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी संगिना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले नगद १ लाख ५० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् । संगिनाले छनोट चरण पार गर्नेर सन् २००४ को एथेन्स ओलम्पिक खेलेकी थिइन् । संगीनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी छन् ।

काठमाडौं महानगरपालिका तेक्वान्दो संगिना वैद्य

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय