+

नेपालले आमन्त्रित हक्की प्रतियोगिता खेल्ने

२०८१ मंसिर  २९ गते २३:५३ २०८१ मंसिर २९ गते २३:५३
नेपालले आमन्त्रित हक्की प्रतियोगिता खेल्ने

२९ मंसिर, काठमाडौं । नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ । यो १६ वर्षमुनिका खेलाडीका खेलाडीले भाग लिने फेस्टिबल प्रतियोगिता हुनेछ ।

प्रतिस्पर्धा हक्की फाइभ्सका आधारमा हुनेछ । टिममा पुरुष र महिला दुवै खेलाडी हुनेछन् । प्रतियोगिता डिसेम्बर १७ देखि २१ सम्म हुनेछ ।

नेपाली टिम कुल १३ सदस्यीय रहेको छ । सहभागी हुने खेलाडीमा महिलातर्फ अनुष्का थापा, बन्दना भट्ट, सबिना राजवंशी र तुलसी बोहरा रहेका छन् । यस्तै पुरुष खेलाडीमा रोनाशकुमार यादव, सुदीप चौधरी, विवेक विक, सुजल महर्जन, रोशन परियार र सुशान्त रोकाया छन् ।

टिमका व्यवस्थापकमा हितकुमार गुरुङ र प्रशिक्षकमा दीपक खतिवडा छन् । यस्तै मनीषप्रसाद भट्टले प्रतियोगितामा अम्पायरको पनि भूमिका निभाउने छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार सातदोबाटोमा आयोजित कार्यक्रमबीच टिमको बिदाइ गरे ।

त्यस अवसरमा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले टिमको सफलताको शुभकामना व्यक्त गरे ।

आमन्त्रित हक्की प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय