+
+

नेताहरुको कार्यविभाजन टुंगो लगाउँदै एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते ७:५४

३० मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो १२ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन र कार्ययोजना टुंगो लगाउने छ ।

शनिबारको स्थायी कमिटी बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनबारे छलफल भएको थियो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले छलफल आज आइतबार पनि चल्ने र कार्यविभाजन टुंगो लगाउने बताए ।

पार्टीको नयाँ कार्ययोजना र कार्यविभाजन टुंगो लगाएर बैठक आइतवारै सम्पन्न गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?