+
+

ठाउँ अनुसारका सबै पर्व सुन्दर छन् : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १२:२४

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठाउँ अनुसारका सबै पर्व सुन्दर रहेको बताएका छन् ।

उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत भनेका छन् ।

धान्य पूर्णिमा कृषि युगमा ठूलो महत्व रहेको दिन भएको उनले बताएका छन् । असारमा रोपेको धान मंसीरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले धान्य पूर्णिमा भनिएको शुभकामना सन्देशमा उल्लेख छ ।

आइतबार ज्यापु दिवस पनि हो । काठमाडौँ उपत्यकामा चामलबाट बनाइएको यःमरी खाएर यःमरी पुन्ही मनाइने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेंसी (उँधो)झर्ने दिनका रूपमा उधौली आइतबार नै पर्व मनाइन्छ ।

नेपालमा बसोबास गर्ने धेरैजसो जातिहरूको आइतबार कुल पूजा गर्ने चलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठाउँ अनुसारका सबै पर्व सुन्दर रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?