+
+

काठमाडौं मोडल कलेजका १५० विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १२:५९

काठमाडौं । काठमाडौं मोडल कलेजका १५० जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित २१ औँ दीक्षान्त समारोहमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

दीक्षित हुने विद्यार्थीलाई कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले धन्यवाद दिंदै दीक्षित हुने विद्यार्थी कलेजका ब्रान्ड एम्बासडर भएको जानकारी गराए । सोही अवसरमा कलेजका कलेज प्रमुख सुवेदीले दीक्षित विद्यार्थीलाई शपथ समेत खुवाएका थिए ।

दीक्षान्त समारोहमा कलेजमा अध्ययन गर्दै गर्दा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबहरूमा रहेर विभिन्न योगदान दिएका विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

कलेजले केएमसी एकेडेमिक एक्सेलेन्ज अवार्ड अन्तर्गत बीबीएतर्फ त्रिशा अग्रवाल, बीबीएमतर्फ रोशनी कर्ण, बीए तर्फ शशी चौलागाईं, बीबीएस तर्फ शारदा गौतम, एमए तर्फ शवेता आचार्य तथा एमबीएस तर्फ भीष्म भण्डारीलाई प्रमाणपत्र तथा प्रति विद्यार्थी २० हजार रुपैयाँका दरले नगद सम्मान गरिएको थियो ।

यसैगरी  बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट  बीबीएस तर्फ पूजा गौडेल तथा बीबीए तर्फ सुशीता न्यौपानेलाई प्रमाणपत्र, अवार्ड तथा २० हजार रुपैयाँका दरले  नगदबाट सम्मान गरिएको थियो ।

यसैगरी स्नातकोत्तर तहतर्फ बेस्ट अन्डरग्रजुएट रिसर्च अवार्डबाट एमएका गोकर्ण ओझा र एमबीएसका प्रसिद्ध बस्नेतलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा इजरायलका लागि पूर्व राजदूत डा. अनजान शाक्य, स्टार स्कलर्स नेटवर्क अस्ट्रिया कन्ट्री डाइरेक्टर प्रा. डा. बर ग्रेट फिलिप्स लगायत मुख्य वक्ता रहेका थिए ।

कार्यक्रममा काठमाडौँ मोडल कलेजका सल्लाहकार,  नबिल बैंकका अध्यक्ष तथा नेपाल व्यवस्थापन सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौडेलले विद्यार्थीले आर्जित ज्ञान र सिप उपयुक्त रूपमा प्रयोग गर्न जानेमा देशमा नै अथाह अवसर रहेको बताए ।

प्रा. डा. बरग्रेट फिलिप्सले दीक्षित हुने विद्यार्थीलाई आफूले अध्ययन गरेको ज्ञान र  र प्राप्त गरेको सिपलाई आफ्नो राष्ट्र र राष्ट्रियतासँग जोड्दै समुन्नत भविष्यका लागि सुसंस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?