+
+

मनकामना केबुलकार सेवा दुई दिन बन्द हुने

मनकामना केबुलकारको सेवा दुई दिन बन्द हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १३:३९
फाइल तस्वीर

३० मंसिर,चितवन । मनकामना केबुलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि १ र २ पुसमा सेवा बन्द गरिने जानकारी दिए ।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबुलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी ३ पुस बुधबारदेखि नियमित सञ्चालन गरिने शेरचनले बताए ।

सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक ८ मंसिर २०५५ सालदेखि मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । केबुलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?