
काठमाडौं । शौर्य अटोमोबाइल्स प्रालिले जेएम ईभी जेएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ ।
‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ को रूपमा ख्याति कमाएको जेएम ईभी जेएसईले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
जीआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (जेएम ईभी) द्वारा निर्मित जेएसई ईभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिविम्ब भएको कम्पनीको दाबी छ ।
सन् २०१५ मा स्थापना भएको जेएम ईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीमध्ये एक हो ।
सन् २०१९ मा रेनअल्ट समूहले जेएम ईभी मा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको कम्पनीको भनाइ छ ।
जेएम ईभी जेएसईले विलासिता, व्यावहारिकता र पर्यावरणप्रति सजगताको संयोजन गर्दै अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
नेपालको विविध भूगोललाई मध्यनजर गरी तयार पारिएका जेएम ईभी जेएसईमा ब्याट्री क्षमता ४९ केडब्लूएच, मोटर आउटपुट ९९ किलोवाट, रेञ्ज ४२० किमी, ग्राउन्ड क्लियरन्स १७० मिमि, प्यानोरामिक मुनरुफ, ३६० डिग्री एभीएम भिजुअल सिस्टम, मिसेलिन हाओयु ४ म्युट टायर लगायत विशेषता छन् ।
यी अत्याधुनिक विशेषताले जेएम ईभी जेएसई लाई स्टाइल, आराम, र प्रदर्शन खोज्ने पर्यावरण सचेत चालकहरूका लागि प्रिमियम विकल्प बनाएको कम्पनीको दाबी छ।
कम्पनीले जेएम ईभी जेएसईको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
शौर्य अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ताले जेएम ईभी नेपालमा उपलब्ध हुनुले दिगो गतिशीलता प्रवर्द्धन र नेपाललाई हरित ऊर्जातर्फ लैजाने, शौर्य अटोमोबाइल्सको प्रतिबद्धतालाई बलियो बनाएको बताए ।
शौर्य अटोमोबाइल्स प्रालिका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले १७१ मिमी ग्राउन्ड क्लियरेन्स, ४२० किलोमिटर रेन्ज र अत्याधुनिक सुविधाका साथ जेएम ईभी जेएसईले विद्युतीय सवारीसाधन बजारमा नयाँ अपेक्षाहरू स्थापना गरेको बताए ।
नेपालको विद्युतीय सवारीसाधनको परिदृश्यलाई जेएम ईभी जेएसईले परिवर्तन गर्ने गेम-चेन्जर भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4