+
+

ट्रम्पको गुप्तचर सल्लाहकार समितिको अध्यक्षमा नुन्स नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १४:२३

३० मंसिर, वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा डेभिन नुन्सलाई नियुक्त गरेका छन् ।

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत नुन्सलाई गुप्तचर निकायको सल्लाहकार नियुक्त गरेका हुन् ।

हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको महत्त्वपूर्ण भूमिकाको लागि नुन्स योग्य रहेको ट्रम्पले बताएका छन् ।

ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट शेयर गर्दै अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले लेखेका छन्, ‘म ट्रुथ सोसलका कार्यकारी प्रमुख नुन्सलाई राष्ट्रपतिको ‘इन्टेलिजेन्स एडभाइजरी बोर्ड’ को अध्यक्षमा नियुक्त गर्ने कुरा घोषणा गर्न पाउँदा खुसी छु । यस समितिमा संघीय सरकार बाहिरका प्रतिष्ठित नागरिकहरू समावेश छन् ।’

सञ्चार तथा प्रविधि समूहको नेतृत्व जारी राख्दै नुन्सले ‘हाउस इन्टेलिजेन्स कमिटि’का पूर्व अध्यक्षको रूपमा आफ्नो अनुभव र रूसी षड्यन्त्रबारे लागेका आरोपको पर्दाफास गर्न महत्वपूर्ण भूमिकाको आधारमा गुप्तचर समुदायको गतिविधिमा स्वतन्त्र मूल्याकंन प्रदान गर्ने विश्वास ट्रमपले लिएका छन् । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?