+
+

पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या : भौतिकमन्त्री दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १५:३४

३० मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा भौतिक पूर्वाधार आयोजना र विकास योजनाबद्ध नहुँदा समस्या भएको बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औं वार्षिक साधारणसभामा मन्त्री दाहालले देशमा भौतिक पूर्वाधारका कुरा योजनाबद्ध नहुँदा समस्या भएको बताएका हुन् ।

‘हाम्रा भौतिक योजनाहरू जे आए त्यही गर्ने, नेताहरूलाई मन लागेको गर्ने, आयोजना पनि उस्तै अवस्था हुँदै आयो । यसले विकास प्रक्रियामा नै समस्या भएको छ,’ दाहालले भने ।

सरकारले नीति राम्रो बनाए पनि ‘फलो’ नगर्दा समस्या भएको बताए ।

‘आयोजना बैंक बनाए पनि सोही अनुसार काम नगर्दा प्रभावकारी विकास हुन सकेको छैन । केही समय आएको बाढीले पनि सोही कुरा देखियो । अब हामीले हिजो गरेको डिजाइनहरूबारे सोच्नुपर्ने, समीक्षा गर्नुपर्ने बेला भयो,’ दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?