+

घरमा राख्‍नु उपयुक्त हुन्छ यी ६ मेडिकल उपकरण

२०८१ मंसिर  ३० गते १६:११ २०८१ मंसिर ३० गते १६:११
घरमा राख्‍नु उपयुक्त हुन्छ यी ६ मेडिकल उपकरण

अहिले धेरै मानिस जीवनशैलीजन्य रोगको सिकार भइरहेका छन् । कुन रोग कसलाई कहिले लाग्छ भन्न सकिंदैन । त्यसैले समय-समयमा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ ।

नियमित स्वास्थ्य परीक्षणबाट रोग लाग्नुभन्दा अगाडि स्वास्थ्यमा कुनै जोखिम छ भनेर हेर्न सकिन्छ । कुनै रोगको संकेत देखिएमा सुरुवाती अवस्थामै उपचार गरेर जटिलताबाट बच्न सकिन्छ ।

स्वास्थ्यप्रति सचेत र सतर्क हुन थालेकै कारण अहिले मानिस घरमै स्वास्थ्य जाँचका उपकरण राख्न प्रेरित भएका छन् । जसको प्रयोगले घरमै विभिन्न स्वस्थ्य जाँच गर्न सकिन्छ ।

ग्लुकोमिटर मनिटर

घरमै मधुमेह परीक्षण गर्ने मेसिनलाई ग्लुकोमिटर भनिन्छ । यो एक पोर्टेबल उपकरण हो, जुन मधुमेह रोगीका लागि प्रयोग गरिन्छ । ग्लुकोमिटरको मद्दतले रगतमा चिनीको मात्रा कति छ भन्ने कुरा थाहा  हुन्छ ।

मधुमेहका समस्या भएकाहरूले रगतमा चिनीको मात्रा कति छ भनेर नियमित जाँच गरिरहनु महत्त्वपूर्ण हुन्छ । घरमै ब्लड सुगर परीक्षण गर्दा धेरै फाइदा छन् । जसले गर्दा चिनीको मात्रा कसरी नियन्त्रण गर्ने भन्ने थाहा हुन्छ । के खाएपछि चिनीको मात्रा बढ्छ भन्ने कुरा थाहा हुन्छ ।

ग्लुकोमिटरको मूल्य ११ सयदेखि सुरु हुन्छ ।

पल्स अक्सिमिटर

यदि कसैलाई दम वा फोक्सोसँग सम्बन्धित कुनै रोग छ भने उनीहरूका लागि पल्स अक्सिमिटर उपयोगी हुन्छ । यस यन्त्रको माध्यमबाट बिरामीको शरीरमा अक्सिजनको स्तरमा कमी छ कि छैन भनेर निगरानी गर्न सकिन्छ । यसमा अक्सिजन स्तर र पल्स रेट दुवै पत्ता लगाइन्छ । अक्सिमिटरमा अक्सिजनको स्तर ९५ भन्दा बढी छ भने तपाईं स्वस्थ हुनुहुन्छ । यदि अक्सिजनको स्तर ९० भन्दा कम छ भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।

पल्स अक्सिमिटरको मूल्य बजारमा एक हजार रुपैयाँबाट सुरु हुन्छ ।

रक्तचाप मनिटर

उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । शरीरमा यसको स्तर कहिले बढ्छ भन्न सकिंदैन । हेर्ने हो भने हिजोआज हरेक घरमा एक न एक उच्च रक्तचापका बिरामी भेटिन्छन् । उच्च रक्तचाप जति खतरनाक छ, न्यून रक्तचाप पनि शरीरका लागि उत्तिकै हानिकारक हुन्छ ।

त्यसैले घरमा कोही उच्च रक्तचापका बिरामी छन् भने रक्तचाप जाँच गर्न रक्तचाप मनिटर लिनु राम्रो निर्णय हुनेछ । जसको सहायताले हरेक दिन रक्तचापको लेभल सजिलैसँग थाहा पाउन सकिन्छ । धेरैजसो डिजिटल बीपी मेसिनले कम वा बढी रिडिङ गर्न सक्छ,  त्यसैले दुईदेखि तीनवटा रिडिङ लिएर दोस्रो वा तेस्रो रिडिङलाई सही मान्न सकिन्छ । साथै रक्तचाप नाप्ने सही तरिका पनि थाहा हुनुपर्छ जसले गर्दा सही नतिजा पाउन सकिन्छ ।

डिजिटल ब्लड प्रेसर नाप्ने मेसिनको मूल्य दुई हजारदेखि चार हजार रुपैयाँसम्म पर्छ ।

ईसीजी मनिटर

आजकल मुटुका बिरामीको संख्या पनि बढ्दै गएको छ, पहिले ईसीजीका लागि तुरुन्तै अस्पताल जान्थे तर अब घरमै बसेर पोर्टेबल ईसीजी मनिटरबाट सजिलै मुटुको स्वास्थ्य जाँच गर्न सकिन्छ । यसमा मुटुको गति पनि पत्ता लगाउन सकिन्छ ।

यसको मूल्य ५० हजार रुपैयाँबाट सुरु हुने हुनाले यो केही महंगो छ । आवश्यक पर्ने मुटुरोगीले यो यन्त्र घरमै राख्न सकिन्छ ।

 

डिजिटल थर्मामिटर

हरेक घरमा थर्मामिटर हुनु अति आवश्यक हुन्छ । विभिन्न प्रकारका थर्मामिटरमध्ये एक डिजिटल थर्मामिटर छनोट गर्दा राम्रो हुनेछ । यसबाट सजिलै ज्वरो नाप्न सकिन्छ । यो बच्चाहरूका लागि पनि प्रयोग गर्न सजिलो हुन्छ । डिजिटल थर्मामिटरमा सही तापक्रम थाहा पाउन सकिन्छ । यसमा दिइएको डिजिटल स्क्रिनमा सजिलै तापमान देख्न सकिन्छ । म्यानुअल थर्मामिटर बाहेक डिजिटल थर्मामिटरले २० सेकेन्डमा शरीरको तापक्रम जाँच गर्न सकिन्छ ।

डिजिटल थर्मामिटरको मूल्य १५० बाट सुरु हुन्छ ।

पेन रिलिफ डिभाइस

दुखाइ कम गर्ने केही उपकरणहरू पनि बजारमा उपलब्ध छन् । जस्तै- हट प्याड, मसाजर र नर्भ स्टिमुलेटरहरु आदि । आफ्नो आवश्यकता अनुसार र चिकित्सकको सल्लाहमा सही प्रकारको उपकरण छनोट गरेर दुखाइबाट छुट्कारा पाउन सकिन्छ ।

हट प्याडको मूल्य २५० रुपैयाँबाट सुरु हुन्छ भने मसाजरको मूल्य कस्तो लिने हो त्यसमा फरक पर्छ ।

मेडिकल उपकरण स्वास्थ्य
प्रा.डा. विद्या सागर प्रसाद
लेखक
प्रा.डा. विद्या सागर प्रसाद
इन्टरनल मेडिसिन

प्रा.डा. प्रसाद मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा कार्यरत छन्। इन्टरनल मेडिसिनमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११३७५ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

घरमा यसरी गर्ने अटिजम भएका बालबालिकाको हेरचाह

घरमा यसरी गर्ने अटिजम भएका बालबालिकाको हेरचाह

घरमा राख्‍नु उपयुक्त हुन्छ यी ६ मेडिकल उपकरण

घरमा राख्‍नु उपयुक्त हुन्छ यी ६ मेडिकल उपकरण

इनर्जी ड्रिङ्कले स्वास्थ्यमा पुर्‍याउन सक्छ हानि

इनर्जी ड्रिङ्कले स्वास्थ्यमा पुर्‍याउन सक्छ हानि

ओठ-मुखमा आएको खटिरा निको पार्ने घरेलु उपाय

ओठ-मुखमा आएको खटिरा निको पार्ने घरेलु उपाय

महिनावारीमा योनी दुख्ने कारण के हो ?

महिनावारीमा योनी दुख्ने कारण के हो ?

वाकरको धेरै प्रयोगले बच्चामा हुनसक्छ ‘कन्टेनर बेबी सिन्ड्रोम’

वाकरको धेरै प्रयोगले बच्चामा हुनसक्छ ‘कन्टेनर बेबी सिन्ड्रोम’