+
+

आईसीटी अवार्डसँग एनसेल फाउन्डेसनको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १७:१२

काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आईसीटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरूको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो ।

योसँगै आईसीटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आवद्ध भएको छ । यो सहकार्यको उदेश्य आईसीटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्द्धन, सूचना प्रविधि क्षेत्रमा महिलालाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको छ ।

नवौं संस्करणको इन्ड्राइभ आईसीटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्रान्ड फिनाले आगामी ५ पुसमा ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पु‍र्‍याएका विभिन्न संस्था, स्टार्टअप लगायत विभिन्न १४ विधामा आईसीटी अवार्ड प्रदान गरिने छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी लागेको बताइन् ।

सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत ४ वर्षदेखि आईसीटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ ।

यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाको सम्मानमा आईसीटी अवार्डसँग मिलेर ३ लाख रूपैयाँ नगदसहित उक्त सम्मान गर्नेछ ।

एनसेल फाउन्डेसनले विशेष गरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्य, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्य लगायत पहल अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?