
अँधेरीमा जुन
तिमी एक नम्बरी सुन
मायाले नै तिर्न सकूँ
यो मायाको गुन
सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाटुलीको भूमिका गरेपछि चर्चामा आएकी अञ्जना बराइली अहिलेकी सबैभन्दा व्यस्त अभिनेत्री हुन् ।
महापुरुष, पुजार सार्कीपछि उनले ‘पूर्णबहादुरको सारङ्गी’बाट बक्स अफिसमा ह्याट्रिक गरिन् । उनी यतिबेला ‘डोरी’मा व्यस्त छिन् भने ‘महाभोज’ प्रतीक्षित फिल्म हो ।
यस्तोमा, अञ्जनाले जिटुवान डिजिटलको नयाँ म्युजिक भिडियो ‘बन्धकी’बाट सांगीतिक पुनरागमन गरेकी छन् । पुष्पण प्रधानको शब्द, संगीत र गायन रहेको यो गीतमा अञ्जना र नाजिर हुसेन फिचर्ड छन् ।
लोकप्रिय गायक पुष्पणले आइतबार नयाँ गीत सार्वजनिक गरेका हुन् । उनको नयाँ गीत ‘जी २१ डिजिटल’ युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । गीतको भिडियोलाई निर्देशक आशिफ शाहले निर्देशन गरेका हुन् ।
रोमान्टिक जनराको यो गीतको भिडियोमा हरि हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन छ । यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा समेत उपलब्ध रहेको जनाइएको छ ।
प्रतिक्रिया 4