
काठमाडौं । निर्भीकजंग रायमाझीको शब्दमा नयाँ गीत ‘धमिलो रङ रानीपोखरीको’ सार्वजनिक भएको छ । गीतमा सौरभ ढकालको स्वर र भविन्द्र कुँवरको संगीत छ ।
गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दु:ख तथा श्रमको मूल्यबारे बोल्छ । ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले जनाए ।
‘संसारभरि नदी सभ्यता तथा पानीबारे गीत बनेका छन्’ उनले भने, ‘पोखरी पनि नदी सभ्यताकै एक रूप हो । गीतमा काठमाडौंको मात्र नभई सबै ठाउँको पोखरी, ताल, कुवा आदिलाई प्रतीकात्मक रूपमा प्रयोग गर्न खोजेका छौं ।’
गीत ‘निर्भीकजंग रायमाझी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
प्रतिक्रिया 4