+
+

राष्ट्र बैंक पूर्वकर्मचारी संघ अध्यक्षमा ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १८:२७

३० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंक पूर्वकर्मचारी संघको केन्द्रीय अध्यक्षमा अश्विनीकुमार ठाकुर चयन भएका छन् ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ठाकुर शनिबार भएको २३औं वार्षिक साधारणसभाबाट सर्वसम्मतिले अध्यक्ष चुनिएका हुन् ।

संघको उपाध्यक्षमा भोलानाथ प्रेमी उपाध्याय चयन भएका छन् भने सदस्यहरूमा नवराज फुँयाल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, बसन्ती श्रेष्ठ, टिकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल, कृष्णहरि पुडासैनी र बाबुराम आचार्य छानिएका छन् ।

कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?